Blog

सामाजिक संजाल र महिला सुरक्षा

  • Ph-Tech logo
  • Saroj
  • Updated 2020-08-23
  • 0 Comments
cyber security and women

आजकल सामाजिक संजाल जस्तै फेसबुक, को बढ्दो प्रयोग संगै, सामाजिक संजाल को प्रयोग बाट हुने महिला हिँसा का घटनाहरु पनि बढेका छन् । सिराहा बस्ने १९ बर्सकी (राम्या) (नाम परिवर्तन) एक अन्जान मान्छेसंग साथि बनिन, प्रेम बस्यो अनि केहि तेस्ता फोटोहरु नि पठाइन/पछि त्यहि फोटो को प्रयोग गरेर उनलाई blackmail गरियो । काठमान्डू कि भूमिका को फेसबुक hack भयो पासवर्ड परिवर्तन गर्न उनीसंग आफ्नो इमेलको पासवर्ड नि छैन। आफ्नो एकाउण्ट बाट मनपरी कुराहरु आएको आफ्नी साथीले भनेपछि मात्रै उनलाई आफ्नो एकाउण्ट hack भएको थाहा भयो। पासवोर्ड परिवर्तन गर्न उनीसंग आफ्नो इमेलको पासवोर्ड नि छै। न त उनलाई आफ्नो account अरुले चलाको थाहा नै भयो । प्रतिदिन बढ्दो साइबर क्राइमका घटना संगै यस बाट कसरि बच्ने भने कुरा हामि सबै मा आउनु स्वाभाविक हो । पहिलो कुरा सामजिक संजालमा हुने हिँसा बाट बच्ने उत्तम उपाए एसको बारेमा जान्नु हो । हामि धेरै लाइ कसरि बच्न्ने भने थाहा नहुन सक्छ र हामि यसको सिकार भएका हुन्छौ । हामीलाई के गर्नु हुन्छ र के गर्नु हुदैन को सामान्य जानकारी भयोभने यस्ता घटाना बाट मुक्ति पाउन या कम गर्न सकिन्छ । कानुनि पाटो आफ्नो ठाउँ मा होला तर हामीले हाम्रोतर्फ़ बाट गर्न सकिने केहि उपायहरु हेरौ जसले सामाजिक संजाल मार्फत हुने हिँसा धेरै कम गर्न सकिन्छ

२-way authentication को प्रयोग गरौ : फेसबुक मा Settings & Privacy > Settings >Security and Login> click Use two-factor यस्तै gmail या अन्य प्लट्फ़ोर्म मा पनि गर्न सकिन्छ । एसको प्रयोगले केहि गरि कसैले तपाइको account चलाउन खोजे सक्दैन किनकि उसलाई तपाइको पासवोर्ड थाहा भएपनि तपाइको मोबाइलमा आउने पासवोर्ड थाहा हुदैन। साथै तपाइको अकाउण्ट अरुले चलाउन खोजेको थाहा हुन्छ .

चाहिने भन्दा बढी कुरा हरु सामाजिक संजालमा नाराखौ : तपाइको व्यक्तिगत कुराहरु जस्तै ठेगाना , इमेल , फोन आदि सामजिक संजाल मा नराख्नुस । २६ प्रतिसत अपराधीले ले सामाजिक संजाल मा राखेको ठेगाना को भरमा पिडित सम्म पुगेको हुन्छ । नितान्त बेक्तिगत कुराहरु एकआपसमा सेयर नगरौ सम्बन्धका दुइ पटॊ हुन्छन । सम्बन्धहरु राम्रो भए एकदम राम्रो र नराम्रो भए एकदम नराम्रो हुन्छ । एकदम घनिष्ट सम्बन्ध पनि बिग्रन समय लाग्दैन । तेसैले कहिलेपनि आफ्नो गोप्य तस्बिर,  कुराहरु या आफुलाई परिस्तिती अनुकुल नभए हानि गर्ने कुराहरु र पास्वर्ड कसैसंग पनि अनलाइन मा सेयर नगरौ । तपाई ले जे अनलाइन राख्नुहुन्छ त्यो सधै अनलाइन नै रहन्छ तपाइले राखेको कुराहरु आफुले हटाए पनी नराम्रो मनासाय भएकाहरुसंग हुनसक्छ कहिलै पनि केहि राख्दा पछि त्यो कुरा ले आफुलाई असर नपर्ने कुराहरु मात्रै राखै ।

प्रमाण हरु नस्ट नगर्नुहोस र वास्ता नगर्नुहोस : आतिएर प्रमाण हरु नस्ट नगर्नुहोस कम्तिमा मोबाइल ले screenshot लिनुहोस् / कानुनि प्रक्रियाको गर्नु परेमा काम आउछ/नजिकको व्यक्तिसंग घटना को बारेमा कुरा गर्नुहोस

संकास्पद इमेल बाट साबधान हुनुहोस : hack हुनसक्छ संकास्पद इमेल बाट आएको लिंक खोलेर नहेर्नुहोस या हेरेपनि तेसमा आफ्नो username वा पास्वोर्ड नदिनुहोस । कहिले काहिँ फेसबुक या gmail बाट हो भन्न नि सक्छ mail मा तर नक्कली mail हुनसक्छ / यस्ता इमेल link हरुले तपाइको आइडि hack गर्न पठाको नि हुन सक्छ जस्तै कि “Your password will expire in 10 days please change”,  “You won a lottery fill in your details”, “Response required”

अरुको pen Drive र कम्प्युटर प्रयोग गर्दा होसियार हुनुहोस : अरुको pen drive प्रयोग गर्दा एकदम होसियार हुनुहोस यस्मा keylogger हरु राखिएको हुन सक्छ जसको कारण ले तपाइको पासवर्ड लिन सक्छ/कहिँ पनि प्रयोग गरिसकेपछि logout गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =